पूर्वी चितवनमा संक्रमित बढे, आज रातीदेखि एकहप्ता निषेधाज्ञा

चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा लागु गरिने भएको छ ।

आज पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका मेयरहरु र सुरक्षा निकायसहित बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्ने निर्णय भएको हो ।

बैठकमा आज रातिदेखि नै लागु हुने गरि एकहप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको र सोहि अनुरुप प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।

त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परिक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =