चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति अस्पतालको आपत्ति [विज्ञप्तिसहित]

भरतपुर । बकुलहर रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगाले र उनकी धर्मपत्नीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै आपत्ति प्रकट गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिले शनिबार (आज) विज्ञप्ती जारी गरी कोरोना संक्रमण भई घरमा स्वयम् सिल भई बसेका चिकित्सक दम्पतीमाथि गरिएको दुर्व्यवहार र अमानवीय घटनाको निन्दा गर्दै यस्ता घटना नदोहोर्याउन आग्रह गरिएको छ ।

भरतपुरस्थित डा. बगालेको घरमा स्थानीयबासीहरुले कोरोना संक्रमितको घर लेखेको ब्यानर टाँस गरेर चिकित्सक दम्पतीको अपमान गरेका थिए ।

कोरोना संक्रमण नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकहरुको आत्मसम्मानमा ठेस लाग्ने कार्य गरिएको भन्दै अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रत्ननगरका मेयर नारायण वनले जारी गरेको विज्ञप्तीमा जिम्मेवार अगुवाहरुबाट गरिएको लज्जास्पद कार्यको घोर आपत्ति एवम् खेद प्रकट गरिएको छ ।

कोरोनाको महामारी भइरहेको अवस्थामा अग्रपङ्तिमा रहेर काम गर्ने चिकित्सकहरुलाई प्रोत्सहान गर्नुको सट्टा हतोत्साहित बनाउने कार्य दुर्भाग्यपूर्ण रहेको भन्दै विज्ञप्तीमा यस्ता निन्दनीय कार्यमा संलग्नहरुलाई यस किसिमको कार्य नदोहोरयाउन आग्रह गरिएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्ति।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *