अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

टिस्टुङ । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ ।

सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

मकवानपुरको थाहा नगरपालिका-१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि १ जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित ४ गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =