दोलखामा आजदेखि भदौ ६ सम्म लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आज (साउन ३१) देखि भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको छ ।

शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएकाले थप फैलिन नदिन जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

आज बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र जिल्लाभर सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको उनले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =