लिदी पहिरोः बेपत्ता भएका ३८ मध्ये ५ जनाको शव फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिराेमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिराेमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।

पहिराेमा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिराेमा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराेबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =