बैङ्कका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैङ्ककै

 

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कोरोना लागेमा सम्पूर्ण खर्च सम्बन्धित बैङ्कले नै गर्नुपर्ने भएको छ । बिहीबार नेपाल राष्ट्र बैङ्कले १४ बुँदे परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएमा सम्पूर्ण खर्च सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले नै गर्नु भनेको हो ।

राष्ट्र बैङ्कले सङ्क्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटेल जहाँ आइसोलेसनमा राखे पनि बैङ्कलाई नै खर्च व्यहोर्न निर्देशन दिएको हो । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरूलाई पनि बैङ्ककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

आइसोलेसन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ ।

केन्द्रीय बैङ्कले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैङ्क तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ ।

यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

बैङ्कले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977021482″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *