मौसमः आज र भोलीको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोली मुलुकका केही स्थानहरुमा हल्का तथा भारी वर्षा हुने जनाएको छ । मनसुन अझै कायम रहेकोले मुलुकका विभिन्न प्रदेशहरुमा वर्षा यथावत रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाहरु पश्चिम नेपाल नजिक दक्षिणमा रहेको छ । जस अनुसार आज बिहीबार र भोली शुक्रबार देशका दक्षिणी तथा पश्चिमी क्षेत्रमा हल्का तथा भारी वर्षाको संभावना रहेको छ ।

स्राेतः जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं २ र बाग्मती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर सामान्य वदली रही प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भोली शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाग्मती प्रदेश, प्रदेश नं ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *