सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन : सवारी पास वितरण नगराउनु
२०७७ साउन २८ गते

काठमाडौँ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण कार्यक्रम रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण गरिँदै आइरहेको सवारी पास साउन २९ गते बुधवारदेखि लागू हुने गरी हाललाई वितरण नगर्न निर्देशन दिएको हो ।
बुधवार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना भाइरसका कारण मन्त्रिपरिषद्बाट भएका निर्णय र गृह मन्त्रालयबाट भएका निर्देशन समेतको आधारमा जारी हुँदै आएका सवारी पास व्यवस्थालाई कोरोना सङ्क्रमणको जोखिम मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि रोक्न निर्देशन दिएको छ ।

२०७७ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








