सिद्धार्थ बैंकद्वारा कोरोना कोषलाई २ करोड ६७ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना कोषलाई २ करोड ६७ लाख भन्दा बढीको आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको हो । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई ७६ लाख २४ हजार ६२० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हाल सम्म कूल ३ करोड ४३ लाख ५२ हजार ५४९ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्यवि भिन्न निकायसँगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *