सरकारले गर्ने व्यापारमा मनलाग्दी नाफा खाने, निजी क्षेत्रमा केही तलमाथि भयो भने जेल हाल्ने? किरण साखः (भिडियोसहित)

काठमाडौं । ‘सरकारले गर्ने व्यापारमा मनलाग्दी नाफा खाने तर निजी क्षेत्रले गरेको उत्पादन वा व्यापारमा अन्जानबस् केही तलमाथि भयो भने पनि जेल हाल्ने, सरकारले गर्ने व्यापारमा जति मुनाफा खाए पनि हुने, निजी क्षेत्रले केही प्रतिशत नाफा बढाए भने सरकारले कारबाही गर्ने सरकारलाई कसले कारवाही गर्ने ?’

साखः स्टिल नेपालकै चर्चित स्टिल उद्योग हो । २० वर्षको अनुभव लिएर अगाडी बढिरहेको छ । कोरोनाको कारणले निर्माणका कार्यहरु बन्द जस्तै छन् । कोरोनाको कारणले स्टिल उद्योगहरुले कस्तो समस्या झेलिरहेका छन् । सरकारले उद्योग सञ्चालन गर भनिरहँदा उद्योग सञ्चालन भएको छ कि छैन् ? स्टिलको माग घटेको बताइरहँदा यसको पछिल्लो अवस्था, बजार, माग र उत्पादन कस्तो भइरहेको छ भनेर साखः गु्रपका उपाध्यक्ष तथा नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किरण साखःसगँ मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको कुराकानीः

लकडाउकै बिचमा सरकारले निर्माण कार्यहरु अगाडी बढाउने भनेको थियो । अहिले त लकडाउन पनि सकियो बजारको अवस्था कस्तो छ ?

सरकाले निर्माणका कार्यहरु सञ्चालन गर्ने भने पनि खासै सञ्चालन भएनन् । अहिले त शून्यजस्तै छ । अहिले स्टिल उद्योहरु पनि बन्द छ र माग पनि छैन । उद्योगमा काम गर्ने मजदूरहरु पनि छैनन् । स्टिल उद्योगहरु धेरै भएकाले लकडाउन अगाडि पनि परिस्थिति नाजुक नै थियो । उद्योगहरुले उत्पादन गरेको स्टिल एक/दुई रुपैयाँ नोक्सानमा बेचिरहेका थिए ।

उद्योग बन्द गर्दा ठूलो घाटा हुने भएर बरु स्टिलमा केही रुपैयाँ घाटा नै खाएर भए पनि उद्योग सञ्चालन भइरहेको छ । उद्योगबाट सामान उत्पादन भएपछि बजारमा बिक्री त गर्नुपर्यो । नेपाली बजारमा स्टिलको प्रतिस्पर्धा छ । भूकम्पपछि बजारको अध्ययन नै नगरी नयाँ स्टिल उद्योगहरु थपिए ।

तपाईको व्यवसायिक यात्राको सुरुवात स्टिल उद्योगबाटै हो कि अरु ?

पहिले म गार्मेन्ट उद्योगमा थिएँ । मैले नै काठमाडौंको गार्मेन्ट उद्योगलाई अगाडि बढाएको हो । मैले गार्मेन्ट अमेरिका निर्यात गर्थेँ । सन् २००४ पछि अमेरिकाले दिइरहेको गार्मेन्टको कोटा रद्द भयो । त्यसपछि म गार्मेन्ट उद्योग पूर्णरुपमा छोडेर स्टिल उद्योगमा आएको हुँ । त्यसभन्दा पहिले म कृषिमा आवद्ध थिएँ ।

तपाईँले पछिल्लो समय धेरै स्टिल उद्योगहरु आए भन्नु भयो । अहिले नेपालमा कति स्टिल उद्योग छन् ?

कुनै एउटा क्षेत्र अगाडि बढ्नेबित्तिकै सबै त्यसैमा लगानी गरिहाल्ने नेपालीहरुको बानी नै हो । अहिले नेपालमा २७ वटा स्टिल उद्योग छन् । भूकम्पपछि १० वटा स्टिल उद्योग थपिए । भूकम्पपछि करिब १ वर्ष घर बनाउने नक्सा रोकियो । पछि जब नक्सा खुल्यो अनि घर बनाउनेको संख्यामा एकासी वृद्धि आयो । त्यस पछि नेपालमा नयाँ स्टिलको उद्योहरु ह्वात्तै बढ्यो । पुराना स्टिल उद्योहरुले बजारको माग पुर्याउन सकेनन् ।

त्यसपछि लगानीकर्ताहरुले स्टिलमा पो कमाइ हुने रहेछ भनेर लगानी गरे । नयाँ उद्योग आएको केही महिनासम्म पनि राम्रो माग भयो तर त्यसपछि भने बजार खस्किँदै गयो ।

धेरै उद्योगको कारण बजारमा अस्वस्थ भन्नुभयो ? अहिले सबै उद्योग सञ्चालन भइरहेका छन् त ?

अहिले साखः स्टिलसहित मुख्य उद्योगहरु सञ्चालनमा छैनन् । सञ्चालनमा भएकाहरु पनि पूर्ण क्षमतामा चल्न सक्ने अवस्थामा छैन । सञ्चालन नहुनुको कारण भनेको बजार नभएर नै हो । कोरोनाको कारणले भारतबाट आउने कच्चा पदार्थ भारतमा पनि समस्या छ ।

सरकारले मजदूरलाई उद्योगभित्रै राखेर काम गराउनु भनेको छ । सरकारले भने जस्तो सजिलो पनि त छैन । लागत खर्च कसरी उठाउने ? खर्च बढ्दै जादा त्यो पनि स्टिलमा नै एड हुने हो । बजारमा स्टिलको माग छैन । जोखिम लिन सक्नेहरुले उद्योग सञ्चालन गरिरहेका छन् । नसक्नेहरु उद्योग बन्द गरेर बसेका छन् ।

सरकारले स्टिल उद्योगहरुलाई के गर्यो भने सहज हुन्छ ?

कोरोनाको कारणले कति स्टिल उद्योगहरु टाट पल्टिने हुन् भन्नसक्ने अवस्था छैन् । उद्योग समस्यामा पर्नु भनेको बैंक पनि समस्यामा जानु हो । उद्योगमा बैंकहरुकै लगानी हुन्छ । नेपालमा नियन्त्रणमूखी अर्थतन्त्र छ भनौं भने आफ्नो तरिकाले चाहेको उद्योग सञ्चालन गर्न पाइन्छ ।

हामीले उधारो नबेचौं भनेर छलफल गरिरहेका छौं । स्टिल बिक्रेताहरुले पैसा जहिले दिए पनि हुन्छ भने बुझेका छन् । हामी वस्तु उत्पादन गरेर उद्यारोमा बेच्दा समस्यामा परिरहेका छौं ।

सरकारले निजी क्षेत्रलाई पनि सकारात्मक सोचे पुग्छ । सरकारले गर्ने व्यापारमा मनलाग्दी नाफा खाने तर निजी क्षेत्रले गर्ने उत्पादन होस् वा व्यापारमा केही मात्रै तलमाथि भयो भने पनि जेल हाल्ने चलन छ । निजी क्षेत्रले अलि धेरै नाफा खाए भने त्यो ठूलो समस्याको रुपमा आउँछ । सरकारले गर्ने व्यापारमा धेरै नाफा खादा सरकारलाई कसले कारबाही गर्ने ?

कोरोना संकट बेलामा पनि छड्को मूल्यवृद्धि भयो भनेर वाणिज्य विभागले उद्योगीलाई छलफलमा बोलायो नि, बजारमा माग नभए मूल्यवृद्धि कसरी भयो त ?

बजारमा हल्ला भए जस्तो छड्को मूल्य वृद्धि भएको छैन् । आपूर्ति असहज भएको कारणले १ वा २ रुपैयाँ मूल्य वृद्धि भएको हो । बजारमा माग बढेको पनि छ्रैन । अहिले हामीले पहिले उत्पादन भएको वस्तु बिक्री गरिरहेका छौं । उद्योगहरु ठूलो समस्यामा गर्ने अवस्था आइसकेको छ ।

स्टिल प्रयोग कर्ताले साखः स्टिल नै किन प्रयोग गर्ने ?

कुनै पनि वस्तु प्रयोग गर्नुमा त्यसको विश्वास हो । हाम्रो उत्पादन २ दंशक पुरानो हो । हामी यो क्षेत्रमा पुरानो भइसकेका छौं । हामीले गुणस्तरी वस्तु उत्पादन गरेको कारणले पनि उपभोक्ताले साखः स्टिल नै प्रयोग गरिरहेका छन् ।

फलामजन्य उत्पादनको मूल्यक किन धेरै उत्तारचढाव आउँछ ?

विश्व बजारमा फलामजन्य वस्तुको मूल्य उतार चढाव आएपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने हो । मूल्य भनेको माग र आपूर्तिले पनि निर्धारण गरेको हुन्छ । विश्वका देशहरुमध्ये भारत, चीन, रसिया लगायतका देशहरु नै फलामको ठूलो निर्यातकर्ता हुन् । विश्व बजारमा प्रभावले नै नेपालमा मूल्य बढ्ने वा घट्ने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *