मानुषी लघुवित्तको बिक्री प्रबन्धक र रजिष्ट्रारमा नेपाल एसबिआई

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको बिक्री प्रवन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

मानुषी लघुवित्तको प्रति शेयर अंकितमूल्य रु. १०० दरका ३ लाख कित्ता शेयर बराबर रु.३ करोड रुपैयाँ साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *