चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण देखिएकामध्ये १२ जना भरतपुरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् । अन्य ५ जना भने जिल्ला बाहिरका हुन् । उनीहरु जिल्लाकै अस्पतालमा उपचाररत हुन् । भरतपुर महानगरपालिका १,३,४,८,१० र ११ का ७ जना पुरुष तथा ५ जना महिला छन् । उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो । राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मिडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुंको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मंगलबार ३१० वटा नमुना परिक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *