क्वारेन्टाइन सेन्टरका लागि कतार च्यारिटी र इस्लामिक रिलिफले वितरण गरे स्वास्थ्य सामाग्री

काठमाडौँ । क्वारेन्टाइन सेन्टरका लागि कतार च्यारिटी र इस्लामिक रिलिफले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य दुवै गैह्र सरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन् ।

भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वाट क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।
च्यारिटिका प्रबन्धक शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रिकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो ।

८० वटा शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ वटा, ८० वटा डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ ।
उक्त कार्यक्रम च्यारिटी र रिलिफले युकेको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *