सुशील भट्टविरुद्ध अदालतमा रिट

काठमाडौं । सुशील भट्टविरुद्ध उच्च अदालतमा रिट दर्ता भएको छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्ति बदरका लागि उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको हो ।

उच्च अदालतका रजिष्टार बाबुराम दाहालका अनुसार सोमबार (आज) अधिवक्ता जयबहादुर भुजेलले साउन १९ गते मन्त्रिपरिषद्ले गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

निवेदकले भट्टको नियुक्ति दुई कारणले बदर योग्य रहेको जिकिर लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णयबाट नियुक्त गरेको भन्दै सत्तारुढ नेकपाभित्रै खैलाबैला मच्चिएको थियो ।

विदेशी कम्पनीको एजेण्ट रहेको र राज्य निकायमा जिम्मेवारी लिएर पनि बिचौलियका रुपमा सक्रिय रहेकाले भट्टलाई उक्त पदमा नियुक्त गर्न योग्न नभएको रिट निवेदनमा उठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =