सनराईज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीबाट

काठमाडौं । सनराईज बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यले गुल्मीमाको मालिका गाउँपालिका–६, फुलबारीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उक्त सेवाको उद्घाटन भएको थियो ।

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभा अध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै कार्यक्रम संचालन गरिएको थियो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *