कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार थप तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ७३ पुगेको हो ।

गत २३ श्रावणमा मृत्यु भएका दुई पुरुष र एक महिलाको स्वाब परीक्षण गर्दा तीनै जनाको मृत्युको कारण कोरोना संक्रमण भएको खुलेको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४९९ जना डिस्चार्ज भएका छन् । आज संक्रमण हुनेहरुमा ६२ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *