लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ । अमेरिकामा बस्दै आएका प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराए । महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन् ।

उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन् । संक्रमण पुष्टि भएपछि आफूहरु आफ्नै घरको एक-एक कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताएका छन् ।

https://www.facebook.com/prem.r.mahat/posts/10163719657475316

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *