खैरहनिको क्वारेन्टिन अनुगमन

चितवन । खैरहनी नगरपालिकामा नयाँ निर्माण गरिएको पब्लिक क्वारेन्टिनको प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाले शुक्रबार अनुगमन गरेका छन् । प्रजिअ नारायण प्रसाद भट्टराईले चैनपुरस्थित राधा स्वामी सत्संग ब्यास नेपालमा निर्माण गरिएको क्वारेन्टिनको अनुगमन गरेका हुन् ।

कोरोना भाइरस संक्रमणपछि नगरभित्रका विद्यालयमा बनाइएको क्वारेन्टिन खाली गरेर राधास्वामी ब्यासको भवनमा क्वारेन्टिन बनाइएको छ । प्रजिअ भट्टराईलाई खैरहनिका मेयर लालमणी चौधरीले क्वारेन्टिनका बारे जानकारी गराएका थिए । सो क्वारेन्टाइन हाल ३० जनाको क्षमताको छ ।

अनुगमनका क्रममा प्रजिअ भट्टराईले राधास्वामी ब्यासमा बनाइएको क्वारेन्टिनको व्यवस्थापन र सरसफाइ उत्कृष्ट रहेको भन्दै खुशी व्यक्त गरे । सुत्नका लागि आवश्यक सामान नगरपालिकाले उपलब्ध गराए पनि सोही सस्थाले खाना, खाजाको व्यवस्था निःशुल्क रुपमा गरेको छ ।

राधास्वामी बाहेक दुर्गामन्दिर स्थित पर्सा खानेपानीको भवनमा समेत क्वारेन्टाइन बनाइएको छ । विद्यालयहरुमा बनाइएको क्वारेन्टिनको व्यवस्थापनसहित खाना र खाजाको व्यवस्था भने नगरपालिकाले नै गरेको थियो । खैरहनिको क्वारेन्टिनमा अहिले ३० जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *