नारायणकाजीमाथि खनिए रिमाल–भने, ‘प्रवक्ता पदको लाज त जोगाउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् रिमालले यस्तो उल्लेख गरेका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र पद्दतीको नक्कली गीत गाएको र नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप लगाएका छन् ।

“कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । विधि र पद्दतीको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् । पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस । मुलुक संवेदनशील मोडमा छ महसुस् होस् ।’ रिमालले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =