पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक
२०७७ साउन २३ गते

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।
उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए ।
उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए । रासस
२०७७ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








