बैतडीमा पहिरोले पुरिएर आमाछोराको मृत्यु

काठमाडौं । बैतडीमा पहिरोले पुरिएर आमाछोराको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका-४ बलालीमा पहिरोमा पुरिएर आमा-छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेश छन् । बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा-छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *