एनआईसी एशिया र सिजी मोटोकर्प बीच सम्झौता : बैंकलाई फाइनेन्सिङ्ग पार्टनर बनाउने

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी मोटोकर्प प्रा.लि. बीच सम्झौता भएको छ । एनआइसी एशिया बैंकलाई फाइनेन्सिङ्ग पार्टनर बनाउन बैंक र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि.बीच सम्झौैता भएको हो ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रा.लि. ले बैंकलाई फाइनेन्सिङ्ग पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रा. लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहक महानुभावहरूले खरिद गर्न सक्नेछन् । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्नेछन् ।

बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।

यो सुविधा सिजी मोटोकर्प प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ ।

यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ ।

यसका लागि सवारी खरिद गर्नका लागि ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सकिने । यस बाहेक ३४४८८ मा लोन टाइप गरी एस एम एस (क्ःक्) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना ाभभमदबअप२लष्अबकष्बदबलप।अयm मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको लोन ‘ीयबल द्यभलभाष्त ऋबअिगबितयच’ बाट हेर्न सकिने व्यवस्था गरेको छ । साथै कर्जाका निम्ति आफ्नो योग्यता जाँच्न समेत बैंकको वेबसाइटमार्फत सेवाग्राहीले सक्नुहुनेछ र योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *