एनएमबि बैंक र सिजी डिजीटलबीच समझदारी : सिजीले १८ प्रतिशत छुट दिने

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच शून्य प्रतिशतमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका छन् ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *