प्याज तरकारीमा मात्र हैन स्वास्थ्य र सौन्दर्यमा पनि उत्तिकै महत्वपूर्ण छ

काठमाडौं । भनिन्छ भारतमा प्याजको भाउ बढ्दा सरकार ढल्छ । नेपालमा त्यस्तो नहोला तर, प्याजको उपयोग भने भारत र नेपालमा उस्तै छ । आलुलाई भान्साको राजा भने जस्तै तराई र मधेशमा प्याजलाई भन्ने गरीन्छ ।

प्याजको औषधीय गुण सहित यसले हाम्रो सौन्दर्यमा पनि उत्तिकै भूमिका निर्वाह गर्दछ भन्ने धेरैलाई थाहा नहोला । तर, प्याजलाई तरकारीमा स्वाद भर्न मात्र हैन दैनिक जीवनमा पनि उत्तिकै प्रयोगमा ल्याउन सकिन्छ ।

सेतो देखि रातो लगायत सबै रङ्गका प्याजलाई भिटमिन सी, भिटमिन बी ६, पोटासियम र फोलेटको राम्रो श्रोत मानिन्छ ।प्याजले हाम्रो खानाको अनुभव पनि राम्रो गराउने हुँदा हामी कुनै महत्वपूर्ण कार्यक्रममा सहभागी नभएको समयमा वा कसैसँग नजिक बस्नु नपर्ने अवस्थामा ढुक्कले सेवन गर्न सकिन्छ। तर, प्याज काँचै खाँदा भने त्यसकाे गन्धले हामीलाई असहज पक्कै लाग्न सक्छ ।

प्याजलाई तरकारीमा मात्र हैन अन्य कुरामा पनि प्रयाेग गर्न सकिन्छ

१) कैंची, चक्कु जस्ता साधारण स्टिलबाट बनेका साधन पुरानो भएर खिया लाग्यो, खिया हटाउन सक्नु भएन भने एउटा प्याज काटेर उक्त वस्तुमा रगड्नुस एक छिनमा कपडाले पुछ्न थाल्नुस एकै छिनमा ती खियाहरु हटाउन सकिन्छ ।

२) फ्रिजमा फलफुलहरु राख्नुपर्छ । कतिपय फलफुलहरु आधा काटेर राख्नुपर्दा केही क्षणमै फलफुलमा दाग बस्न थाल्छ । तर, तपाईंले फलफुलसँगै आधा काटेको प्याज राखे थाल्नुस फलफुल ताजा र हराभरा रहन्छन् ।

३) सिसाको गिलास, कपहरु फुटेर भुँईभरी छरपस्ट भयो । ठूल्ठूला टुक्राहरु हातले सावधानी पूर्वक टिप्न सक्नुहुन्छ । तर, स–साना टुक्राहरु टिप्न सकिँदैन । यस्तो अवस्थामा आधा काटेको प्याज सिसाका टुक्राहरुमा राखेर थिच्नुस, तपाईंका हातले टिप्न नसकेका सिसाका टुक्रा प्याजमा टाँसिएर आउँछन् ।

४) तपाईं हामीलाई थाहा छ, प्याज काट्दा आँसु आउँछ । तर, तपाईंले थोरै सावधानी अपनाउनु भयो भने जतिसुकै प्याज काट्दा पनि आँसु आउँदैन । प्याज काट्दा चुईगम खाने गर्नुस । यसले तपाईको दाँत र गिजाको एक्सरसाइज मात्र हुँदैन प्याज काट्दा आँसु पनि आउँदैन । आँखा पनि पोल्दैन ।

५) अनुहारमा डन्डिफोन आएर हैरान भएकालाई खुसीको खबर यो छकि, प्याजको रस निकालेर डन्डिफोन आउने एरियामा लगाउनुस डण्डिफोन हटेर जान्छ । यो क्रिया नियमित गर्दा तपाईको अनुहारको सौन्दर्यमा निखार ल्याउँछ ।

६) कपडामा आइरन (स्त्री) गर्दा आइरनको दाग बसेर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नोस, कदाचित आइरनको दाग बसिहाल्यो भने कपडाको उक्त दागमा राम्ररी प्याज रगड्नुस र वासिङ मेसिनमा हाल्नुस अथवा धुलाई गर्नुस दाग हटेर जान्छ ।

७) कुनै पार्क तथा खुल्ला स्थानमा बसिरहनु भएको छ, अकस्मात मौरि तथा अन्य किराले तपाईंलाई आक्रमण गरे । शरीरका खुल्ला भागमा किराहरुले चिलेर घाउ भएको छ, चिन्ता नगर्नोस तपाईंको साथमा प्याज छ भने प्याज लगाउनुस दुखाई कम हुन्छ । साथै टोकाईको दाग पनि बस्दैन ।

८) कपालमा चायाँ परेर हैरान भएकाहरुलाई प्याजको रस बरदान हो । प्याजको लेप बनाएर कपालमा लगाउनुस कपालको चायाँ मात्र हट्दैन कपाल मुलायम चम्किलो पनि बन्छ ।

९) भाइरल रुघामर्कीले हैरान बनाएको छ । सामान्य रुघामर्कीमा औषधी खानु ठिक पनि हैन । यस्तो बेला घरमै भएका सामग्री प्रयोग गरेर रुघामर्की कम गर्न सकिन्छ । प्याज, आलु, कागती र अलैँची जस्ता घरायसी वस्तुहरुलाई एक प्लास पानीमा मज्जाले उमाल्नुस र त्यो पानी सेवन गर्नुस रुघामर्कीबाट राहत पाउनु हुनेछ ।

१०) गर्मीयाम छ, पसिनाका कारण तपाईंले लगाउने कपडामा पसिनाको दुर्घन्ध र दाग अत्याधिक बस्ने गर्दछ । तर, पसिनाको दाग बसेको कपडामा प्याज दलेर धुनुहोस जस्तो सुकै दाग जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *