देशकै ठूलो क्वारेन्टाइनका सुपरिटेन्डेन्टको फट्याइँ : ‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारी काम’

काठमाडौं । बुधबार हिजो (२०७७/०४/२१) ४३ जना कोरोना संक्रमितहरु देशकै ठूलो क्वारेन्टाइन राजविराजको कृष्णा क्वारेन्टाइनबाट संक्रमणमुक्त भएर घर जाँदै थिए ।

उक्त क्रममा क्वारेन्टाइनका सुपरिटेन्डेन्ट डा. रञ्जित झाले संक्रमणमुक्त हुनेहरुमध्येका तीन जनालाई बोलाएर त्यहीँ क्वारेन्टाइनमा बस्ने र क्वारेन्टाइन सुधारको माग गर्दै आएका केही संक्रमितविरुद्ध बोल्न लगाए ।

रातभरि तास खेल्ने, रक्सी–चुरोट खाने, हो–हल्लालगायतका आरोप लगाएर बोलेका ती जनाले फोन गरेर भने, ‘माफ गरिदेऊ । हामीलाई डा. रञ्जित झाले जबरजस्ती बोल्न लगाएको हो । हामी आफैँ बोलेको होइन ।’

यो कुराको जानकारी क्वारेन्टाइनमा बस्ने र क्वारेन्टाइन सुधारको माग गर्दै आएका एकजनाले हामीलाई फोनमार्फत् गराएका हुन् ।

उनले हामीसँगको भएको फोन सम्वादको क्रममा भने, ‘हामीविरुद्ध बोल्नेहरुले नै फोन गरेर हामीसँग माफी मागेका छन् । उनीहरुले आफूहरुलाई डा. झाले नै जबरजस्ती बोल्न लगाएको भनी भनेका थिए । उनीहरुको भनाइअनुसार डा. झाले नै जबरजस्ती गरेर बोल्न लगाएको रहेछ ।’

यस्तै उनले अस्पतालकै फेसबूक पेजबाट शेअर् भएको उक्त भिडिओमा आफूहरुलाई तास खेलेको, रजनीगन्धा प्रयोग गरेको, हो–हल्ला गरेकोलगायतका आरोप लगाएको पनि बताए ।

त्यसपछि जसले क्वारेन्टाइनमा बसेका केहीविरुद्ध बोलेका थिए, उनीहरुलाई नै फोन गरेर माफी मागेको कुरा पनि हामीलाई सुनाए ।

“हामीलाई भिडिओमार्फत् गम्भीर आरोप लगाइएको छ । हामीलाई तास खेल्नेदेखि ड्रग्स प्रयोग गरेकोसम्मको आरोप लगाइएको छ । जुन डा. रञ्जित झा आफैँले नै जबरजस्ती बोल्न लगाएका हुन् ।” उनले भनेका छन्, ‘जबकि, हामी बाहिर जानै पाउँदैनौं र हामीकहाँ आएको सबै सामानहरु गेटमै चेकजाँच हुन्छ । अनि कसरी हामी त्यस्तो कुराहरु छिराउने यहाँ ?’

यस्तै उनले आफूहरुलाई क्वारेन्टाइनका सुपरिटेन्डेन्ट डा. झाले घुमाउरो तरिकाबाट मानसिक तनाव दिन खोजेको पनि बताए ।

यस्तै उनले आफूहरु गत २० श्रावणमा अनशनसमेत बसेको तर समस्याको सम्बोधन नभएको बताए । अनशन बसे पनि त्यहाँका राजविराज नगरपालिकाका मेयर शम्भु यादव, सुपरिटेन्डेन्ट डा. झालगायतका आधिकारिक मान्छेहरु आएर आफूहरुलाई अनशन तोड्न र अर्को दिनबाट सबै कुराको सुधार हुने बताएपछि आफूहरुले अनशन तोडेको जानकारी उनले दिए ।

यता डा. झाले भने यी कुराहरुको बारेमा जानकारी लिन खोज्दा यी सबै कुराहरु कहाँबाट सुनेको भनी हामीलाई नै प्रतिप्रश्न गरे । यत्ति मात्रै होइन, उनले आफूले जबरजस्ती बोल्न नलगाएको पनि बताए । “मैले जबरजस्ती बोल्न लगाउने रे ? कस्तो कुरा गर्नुभएको यार तपाईँ ? तपाईँहरु त मिडिया हुनुहुन्छ । कुरा तपाईँहरु पनि बुझ्नुस् न यार ।”

यसैगरी उनले अरु नै कसैले फोन गरेर धम्क्याएको र उनीहरुले फोन गरेर माफी माग्न सक्नेसमेत लक काटे ।

उनले थपेका छन्, ‘यी सबै कुराहरु कहाँबाट सुन्नुभयो ? नचाहिँदो कुरा नगर्नुस् । तपाईँ आफैँ आएर हेर्नुस् । तपाईँहरुजस्तो बुझ्ने मान्छेले अलिक कुरा बुझ्नुस् ।’

यस्तै उनले आफूले सबै कुराको सुधार गरिसकेको पनि बताए ।

यसअघि पनि देशकै ठूलो क्वारेन्टाइन भनिएको कृष्णा क्वारेन्टाइनमा बसेका विभिन्न संक्रमितहरुले खाना नपाएको, स्वास्थ्यजाँच नभएको, फोहोरमैलो बढी भएकोलगायतका विभिन्न गुनासोहरु राख्दै आएका थिए ।

संक्रमितहरुले उक्त जानकारी मिडियामा दिएका कारण डा. झालगायतका त्यहाँ केही पहुँचवालाहरुले मान्छेहरुले उनै संक्रमितहरुलाई थ्रेट दिएको प्रमाण पनि बाहिरिहएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *