बामदेब गौतमलाई गाली गर्नेलाई बालुवाटारबाट पुरस्कार !

काठमाडौं ।आजभोली नेकपामा प्रधानमन्त्रीकाे बडाे रवाफ छ । सरकारमा नहुने कुरै भएन । पार्टीले कुनैपनि राजनीतिक नियुक्ति पार्टीसँग छलफल र सहमति गरेर गर्न भनेपनि प्रधानमन्त्रीलाई त्यसले छाेएकाे छैन ।
एकपछि अर्काे विवादास्पद छवि भएकाहरूलाई राज्यकाे महत्वपूर्ण पदमा नियुक्त गरेका प्रधानमन्त्रीले आफ्ना विराेधीकाे सत्ताे सराप गर्नेलाई पनि पुरस्कार दिने गरेका छन् ।
यसैकाे एउटा उदाहरहण हाे, उपत्यका नगर विकास काेषकाे कार्यकारी निर्देशकमा कृष्ण सापकाेटाकाे नियुक्ति ।
विधान संसोधन गराएरै भएपनि नेकपामा उपाध्यक्ष पद सृजना गरेर उपाध्यक्ष बनाइएका नेकपाका नेता बामदेव गौतमलाई चर्को गालीगलौज गर्ने कृष्ण सापकोटालाई सरकारले उपत्यका नगर विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
सितारा कन्सल्ट्यान्टका म्यानेजिङ डाइरेक्टर समेत रहेका कृष्ण सापकोटालाई केपी शर्मा ओलीले बामदेव गौतमको बद्ख्वाईं गरेवापत नगर विकास कोषको कार्यकारी निर्देशक दिइएको चर्चा छ ।
उनी सत्तारुढ नेकपा निकट इञ्जिनियरहरुको मोर्चा संगठन पीइएनका सचिवालय सदस्य पनि हुन् । उनी परामर्शदाता (कन्सल्टेन्सी) हरुको संगठनका उपाध्यक्षसमेत भएको बताइन्छ ।
योसँगै सापकोटा काठमाडौं–निजगढ फास्ट ट्रयाकको ठेक्का लिएको कोरियन कन्सल्ट्याण्टका नेपाली पार्टनर पनि हुन् । पद र पावर प्राप्तिका लागि हदैसम्म झुक्न र सामदाम दण्डभेद अपनाउन माहिर सापकोटाले कोषका धेरैवटा परियोजना सितारा कन्सल्टेन्सी मार्फत गराउँदै आएका छन् । यसका लागि उनले मन्त्रालयदेखि कोषका मान्छेहरुलाई राम्ररी रिजाएका छन् ।

बालुवाटारै रिजाएपछि सापकोटाका अगाडी मन्त्रालय र कोषका कर्मचारीहरु भुसुना हुन् । अहिले नगर विकास कोषअन्तर्गत एक हजार भन्दा बढी परियोजना सञ्चालनमा छन् । जसमा दुई सयभन्दा बढि आयोजनामा सिताराले परामर्शदाताको ठेक्का पाएको छ ।
कार्यकारी निर्देशक पाएका सापकोटाको विगत ठिक छैन । आफ्नो कन्सल्टेन्सीलाई काम पार्न उनले सडक, भवन, सिँचाईं र खानेपानी विभागका सबैलाई मासिक नजराना भुक्तान गर्छन् । कतिपय कामहरु पार्न उनले आजकल बालुवाटार समेत प्रयोग गर्ने गरेको इन्जिनियरहरु बताउँछन् ।
पछिल्लो समय सापकोटा उपप्रधानमन्त्रीको निकट रहेर काठमाडौं–निजगढ फाष्ट ट्रयाकको कोरियन कन्सल्टेण्टका नेपाली ज्वाइन्ट भेन्चर भएका छन् ।
प्रधानमन्त्रीको पूर्वाधार विज्ञ गजेन्द्र थपलियाको आशिर्वादमा सापकोटाले दर्जनौं काम हात पारेका छन् । नेकपा नेता वामदेव गौतम प्रचण्ड–नेपाल कित्तामा लाग्दा सापकोटाले सामाजिक सञ्जालमा गरेको आलोचना पठनीय छ ।








