पत्रकार ध्रुव बीसीद्वारा मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । मृगौला रोगबाट पीडित पत्रकार ध्रुव बीसी क्षेत्रीले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । नयाँ पत्रिका, हिमलयन टेलिभिजन तथा अछामको रेडियो सोसाइटीका कार्यकारी निर्देशक रहेका पत्रकार बीसीले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् ।

पत्रकार बीसी उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौंको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरेर बाचिरहेका छन् ।

डाक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपणको अर्को विकल्प नभएको उनले बताए ।

नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने, अस्पतालको शैयामा धेरै समय बेहोस अवस्थामै विताउनु परेकाले अहिलेसम्म आधिकारिक रूपमा जानकारी गराउन नसकेको पत्रकार बीसीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।

‘नयाँ मिर्गौला फेर्नको लागि मैले परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको छु, तर मलाई यो बेला आर्थिक अवस्था मजबुत नहुँदा निकै ठूलो समस्या भैरहेको छ’, उनले भनेका छन् ।

उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा बस्ने शुभचिन्तकहरु, व्यावसायीलगायत सबैमा आफूले सक्दो सहयोग गरिदिन अपिल गरेका छन् ।

उनले भने बैंक खातामा आफ्नो तर्फबाट गर्नसक्ने सहयोग रकम जतिसक्दो छिटो जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेका छन् ।

पत्रकार बीसीको बैंकखाता : 

खाता न :- ४२६०००६३४२१०
खाताको नाम :- ध्रुव बीसी
बैंक :- रास्ट्रीय वाणिज्य बैक, मंगलसेन शाखा अछाम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =