नेविसंघ नेता रावलको अगुवाइमा प्रसिद्ध धार्मिकस्थल बडिमालिकामा सरसफाइ

बाजुरा । बाजुरा जिल्लाको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ । नेपाल विद्यार्थी संघ बाजुरा नेता तपेस रावलको अगुवाइ तथा नेतृत्वमा आइतबार मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो ।

वर्षेनी हजारौंको सख्यामा बडिमालिकामा दर्शन गर्ने दर्शनार्थीको घुइँचो हुने गर्दछ तर पनि सम्बन्धित सरोकारवालाले यस क्षेत्रको सरसफाइमा ध्यान दिएका छैनन् । जसका कारण प्रत्येक वर्ष बडिमालिका मन्दिर क्षेत्र दुषित हुने गरेको पाइएपछि दर्शनार्थी युवाहरूलाई एकजुट गरि मन्दिर क्षेत्र र आससपासका स्थानमा सरसफाइ गरिएको हो ।तयहाँ रहेका पलास्टिक, सिसा, रबर लगायतका फोहोरहरुलाई सङ्कलन गरेर व्यवस्थापन गरिएको नेता रावलले जानकारी दिए । सरसफाइमा विभिन्न जिल्ला तथा बाजुराका सबै स्थानीय तहका गरि २५ जना युवाहरूको सहभागीता रहेको थियोे । सरसफाइ गरि सकेपछि मन्दिर क्षेत्र सफा देखिएको छ ।बडिमालिका क्षेत्रको प्रचार-प्रचारसँगै यसको संरक्षण र सरसफाइलगायत अन्य व्यवस्थापनमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन । पूर्वाधार विकास र प्रचार-प्रचारका लागि आफूहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराउने समेत नेता रावलले बताए ।धार्मिक दृष्टिले महत्वपूर्ण मानिने बडिमालिकामा सडक र बाटोको सुविधा नहुँदा भक्तहरुलाई यात्रामा सकस पर्ने गरेको छ । बडिमालिकाको दर्शन गर्नाले सिद्धि प्राप्त हुँने र मनोकांक्षा पुरा हुँने विश्वास गरिन्छ । १४ हजार फिटको उचाइमा रहेको वडिमालीमा धार्मिक मात्र नभएर प्राकृतिक सुन्दरताका दृष्टिले पनि अनुपम मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *