घरेलु हिंसाविरुद्ध डिजिटल छलफल

काठमाडौं । जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउन पछि महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडीः कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शिर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ । लकडाउनको दौरानमा महिला विरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने उदेश्यले उक्त सेशनका आयोजना गरिएको हो । मुद्दामा समग्र समिक्षा प्रदान गर्ने यो पहिलो सेशन हो ।

नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो । यससँगै, महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्तिशतले वृद्धि भएका छन् । घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ । महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसँग फसेका छन् । उनीहरुसँग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।

यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष बन्दना राणाले भनिन्, ‘कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले “छाँया महामारी” घोषणा गरेको छ । छाँया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ जसलाई प्राथमिकता र सम्बोधन गर्न आवश्यक छ ।’

यस्तै जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले भनिन्, “जोन्टा क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरुको आवभगत गर्नु हो जो लकडाउनका कारण अपराधीहरुसंग फसेका छन् । डिजिटल प्यानल सेशनमार्फत हामी यस्ता घटनाहरुलाई मिडियामा अगाडि ल्याउँन चाहन्छौं ताकि कार्य र समाधान बाहिर आउन सकोस् ।”

सेशनमा यशोदा तिमसिना, डीसी सल्लाहकार/सम्पादक, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्तले मध्यस्थता गरेका थिए ।

प्रतिष्ठित प्यानलिस्टहरुमा बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धि समितिकी उपाध्यक्ष, एस.एस.पी. किरण बज्राचार्य, नेपाल प्रहरी, डा.मीता राणा, सह प्राध्यापक तथा क्लिनिकल मनोबैज्ञानिक, प्रोफेसर.डा. शशी कुमारी अधिकारी, महिला अधिकारवादी, वरिष्ठ अधिवक्ता र सन्जोग ठकुरी, अन्तरवर्गिय फेमिनिस्ट तथा संस्थापक अध्यक्ष, हामी दाजुभाई रहेका थिए ।

जोन्टा क्लब काठमाडौं कानुनी रुपमा दर्ता भएको गैर नाफामुलक सरकारी संस्था हो । यसले महिलाहरुको स्तरोन्तिका लागि काम गरिरहेको छ । क्लबमा विभिन्न पृष्ठभूमिका ५४ सदस्यले प्रतिनिधित्व गरिरहेका छन् । जो सामाजिक सक्रियतावादी, बैंकर, उद्यमी, डाक्टर, वकिल, आर्किटेक्ट, व्यवसाय नेतृत्व र प्रोफेशनलहरु छन् ।

जोन्टाले महिला हिंसाको विरुद्ध कडा वकालक गर्नुका साथै महिला सशक्तिकरणका लागि जागरुकता र वकालतलाई महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =