बाह्रबोर बन्दुक सहित एक जना पक्राउ

मुस्ताङ । घरपझोङ गाउँपालिका-३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका सञ्चालक काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो पक्राउ परेका हुन् ।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गरेकाे थियाे । तलासीका क्रममा उक्त हतियार बरामद भएकाे हाे । थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =