छाेराले गरे आफ्नै बाबुको हत्या, जलाउन लगिएकाे शवसहित पक्राउ
२०७७ साउन १८ गते

प्रतिकात्मक तस्वीर
ललितपुर । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपाली पक्राउ परेका छन् ।
बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे ।
मृत्युपछि दाहसंकारका लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








