उपसचिव सञ्जेललाई कुटपिट गर्ने दुई महिलालाई म्याद थपको तयारी

  • सुजाता लिम्बु

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेललाई कुटपिट गरिएको आरोपमा पक्राउ परेका दुईजना महिला कार्यालय सहयोगीलाई म्याद थपको तयारी गरिएको छ ।

उनलाई आफ्नै कार्यालयमा शनिबार बिहान ११ बजे आफ्नै कार्यकक्षमा दुई जना महिला कार्यालय सहयोगीले  कुटपिट गरेका थिए ।१७ गते शनिबार बिहान डिउटी बुझाउने क्रममा विवाद उत्पन्न हुँदा उक्त घटना घटेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार सञ्जेललाई कुटपिट गरेको आरोपमा प्रकाउ परेका कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोईरालालाई जिल्ला प्रहरी कार्यालय मोरङमामा ‘अभद्र व्यवहार सम्बन्धि मुद्धामा’ म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी रहेको छ । उक्त घटनामा मिलापत्र गर्न सञ्जेलले अस्वीकार गरेपछि कार्यालय सहयोगी दुईजना महिलाहरुमाथि मुद्दा चल्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा शनिबार साँझसम्म पिडित र पिडिक दुवै पक्षबीच छलफल भएपनि सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेसँगै प्रहरीले कार्वाहीको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

कार्यालय सहयोगी निरौला र कोईरालाले आफूलाई कार्यालयमा फोन गरी बोलाएर आफ्नै कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकु लगाई कुटपिट गरेको शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका उप– सचिव प्रेम सञ्जेलले बताए ।

अपशब्दका कारण निम्तियो घटना

श्रम तथा रोजगार कार्यालयमा नेत्र निरौला र मेनुका कोईराला कार्यालय सहयोगीको रुपमा करारमा नियुक्त भएका थिए । सञ्जेलले कार्यालयभित्र सहन नसक्ने गरि गालि गलौज गर्ने र अनावश्यक रुपमा काममा धेरै पेल्ने जस्ता क्रियाकलाप गर्ने गरेको पिडक महिलाहरुकाे आरोप छ ।

शनिबार बिहान पनि कार्यालयमा आफूहरुलाई अपशब्द बोलेकाले सञ्जेललाई टेबुलमाथि रहेको पेपरवेट (सिसाको डल्ला),नेम प्लेट र पञ्चिङ मेसिनका साथै आफूहरुले लगाएकाे चप्पलले हानेको उनीहरुले स्विकारेका छन् । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट लागको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =