आचरणविपरीत काम गर्ने यी ४ प्रहरी निलम्बित

मकवानपुर । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले १ प्रहरी हवल्दारसहित ४ प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि ४ प्रहरी निलम्बनमा परेका हुन् ।

यसअघि १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई  कारबाही गरिएको थियो । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

प्रहरीको विशेष टोलीले उनीहरूलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि  बढाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको कामलाई पारदर्र्शी र अनुशासित बनाउन विशेष अभियान सुरु गरेको सो कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =