मिटर ब्याजी वीरेन्द्रलाल श्रेष्ठको आइजीपी मोह !

काठमाडौं । एक मिटरब्याजीले आफु नेपाल प्रहरी र सुरक्षा क्षेत्रका उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको बताउदै रवाफ प्रर्दशन गरिरहेका छन् ।

मिटर ब्याजीका नाइके भनेर चिनिने उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठले यस्तै खबर धेरैलाई पुर्याएपछि प्रहरी हेडक्वाटर नक्सालमा खैलाबैला नै मच्चिएको छ । आईजीपी थापा एसपी हुँदादेखि नै वीरेन्द्रको दोस्ती भन्दै उनले आफैं बताउदै हिँडेको खबरले ध्यानाकर्षण भएको हो ।

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीसँग समेत राम्रो सम्बन्ध रहेको केहि अधिकारीहरुसँग उनले खुलासा गरे लगत्तै थप चर्चा चुलिएको स्रोतले जनाएको छ । आईजीपी शैलेश थापासँग भेटवार्ता नै नगरि आफुले भेटेको सम्म भनेपछि आईजीपी सचिवालयका प्रहरी कर्मचारी थप चनाखो बनेका छन् ।

त्यस्ता विवादास्पद ब्यक्ति भेट्ने कुरा कल्पना सम्म गर्न नसकिने अवस्थामा कसरी अफवाह फैलिएको छ रु आफुहरु छक्क परेको सचिवालय स्रोतले बतायो । केहि बर्ष अघि सामान्य परिवारका सदस्य वीरेन्द्रलाल श्रेष्ठ मिटर ब्याजीकै कारण घरानिया छनकले सबै कुरा खुलाउँछ ।

आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका नाइकेहरु वीरेन्द्रलाल श्रेष्ठ, महेश सिंह, लोकबहादुर टण्डन लगायतहरुले प्रहरीकै कर्मचारीलाई देखाएको रवाफका बारेमा सुचना समेत संकलन भइरहेको स्रोतले जनाएको छ । सरल, मिजासीला, नियम कानुनको चासो लिने नयाँ आईजीपी शैलेश थापालाई बद्नाम गर्न केहि समुह खुलेर लागेको देखिन्छ ।

अनाहकमा बद्नाम गर्ने क्रियाकलाप बढेपछि मिटर व्याजी नाइके बीरेन्द्रलाल श्रेष्ठ र युनिटी ग्रुपका ठग लोकबहादुर टण्डन समेत निगरानीमा रहेका छन् । हुन त वीरेन्द्रलाल श्रेष्ठले यसअघिका आईजीपी ठाकुर ज्ञवालीसँग पटक पटक भेटवार्ता गरेको आफैं बताउँदै हिँडेका छन् ।

तत्कालिन समयमा आफुले आईजीपी निवासमा भेटेको बताउने गरेको स्रोत बताउँछ । उनले अहिले ज्ञवालीको नाम समेत प्रचारबाजी गर्दै हिँडेका छन् । वीरेन्द्रलाल श्रेष्ठले अधिकांश प्रहरीका उच्च अधिकारीहरुसँग मिलेर मिटर ब्याजमा पैसा लगाउँदै अकुत सम्पत्ति जोडेका छन् ।

वीरेन्द्रलाल श्रेष्ठ

उनको करोडौं सम्पत्तिको कानुनी आय स्रोत केहि छैन । उनलाई तत्कालीन समयमा एक प्रहरी अधिकारीले २ जना प्रहरी कर्मचारी नै बडिगार्डका रुपमा खटाइदिएका थिए । श्रेष्ठले प्रहरीकै आडमा पेस्तोल समेत गाडीमा राखेर पड्काउने र तर्साउने समेत गरेको घटना सार्वजनिक भएको थियो ।

राज्यको कानुन नै हुर्मत लिएर श्रेष्ठलाई गहिरो अनुसन्धान गर्नुपर्ने आवाज चर्किरहेका बेला उनको फुर्ती बढेकोमा सरोकारवालाहरु चिन्तित छन् । उनको कुकर्म फर्दाफास गर्न महानगरीय अपराध महाशाखा र सिआईबीले सुक्ष्मरुपमा पहिलेका फाइलहरु छानविन गर्नुपर्ने हुन्छ । आईजीपी थापाको संगत भन्नेर हौवा फैलाउने वीरेन्द्रलाल श्रेष्ठ, लोकबहादुर टण्डन, महेश सिंह, बलराम सापकोटा ९बले०, काजी शेर्पा भन्ने आङकाजी शेर्पा, गोविन्द टण्डन, डोलबहादुर खड्का लगायतहरुको सम्पत्ति अनुसन्धान गरि छानबिन गर्न जरुरी छ ।

वीरेन्द्रलाल श्रेष्ठले मिटर ब्याजमा पैसा लगाउने क्रममा एक ब्यक्तिको २ करोड भन्दा माथीको घर, जग्गा, सम्पत्ति ४० लाखमा हत्याएका थिए । हतियारको बलमा उनले सम्पत्ति कब्जा गरेका हुन् । उनले काठमाडौं उपत्यकाका दर्जन भन्दा बढि घर कौडीको मूल्यमा हतियारकै बलमा कब्जा गरेको प्रहरी स्रोत बताउँछ ।

उनीसँग ४० लाख ऋण लिएकामध्ये एक पीडितको सिफलको करोडौं मूल्यको घर वीरेन्द्रलालले कन्चटमा पेस्तोल देखाएर कब्जा गरेका थिए । सिफलको घर उदाहरण हो, वीरेन्द्रलालले त्यस्ता धेरै घरहरु कौडीको मूल्यमा कब्जा गरी १० बर्षको बीचमा करोडौं आर्जन गरेका छन् । उनको सम्पत्ति समेत छानबिन हुनुपर्ने माग पीडितहरुको छ ।

यसरी संरक्षण पाए पछि फस्टाए वीरेन्द्रलाल श्रेष्ठ
नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्की लगायतको संरक्षणमा उनको मिटर ब्याज फस्टाएको हो । पुर्व प्रहरी अधिकारीहरुले वीरेन्द्रलाल श्रेष्ठ मार्फत पैसा लगानी गरेका थिए ।

वीरेन्द्रलालले सुरुमा क्यासिनोमा हार्नेहरुलाई पैसा लगानी गर्दै मिटर ब्याजको धन्दामा हात हालेका थिए । बलराम सापकोटाले वीरेन्द्रलालको कमाइ देखेर मिटर ब्याजमा लगानी गर्न थालेको नजिककाहरु बताउँछन् । प्रहरीका हाकिमहरुको पैसा लिएर उनीहरुले मिटर ब्याजमा लगानी गर्दै आएका थिए ।

प्रहरीको पैसा लगानी गरेपछि उठाउन सजिलो हुने र हतियार लिएर हिँडे पनि कुनै कारबाही नहुने भएकाले वीरेन्दलाल र बलेले यो धन्दा गर्दै आएका थिए । यस्तो धन्दामा वीरेन्दलाल धेरै अगाडि छन् । वीरेन्द्रलालले अहिले पनि प्रहरीका उच्च अधिकारीहरु सरुवा, बढुवा गर्ने हैसियत भएको भन्दै आफ्नो धाकधम्की प्रस्तुत गर्दै आइरहेका छन् । –अभियान टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *