मेडिकल काउन्सिलको राेकिएकाे लाइसेन्स परीक्षा भदौमा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौमा हुने भएको छ । काउन्सिलले लकडाउन खुलेपछि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नेपाल मेडिकल काउन्सिलको यसअघि चैतमा हुने तय भएको थियो । तर कोभिड १९ को जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन गरेपछि स्थगित भएको थियो । सोही स्थगित परीक्षा भदौ ७ गतेदेखि १० गतेसम्म हुने भएको हो ।

तालिका अनुसार भदौ ७ गते बिडिएस र भदौ ८ ९ र १० गते एमबिबिएसको परीक्षा हुनेछ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भवनमा हुने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =