धर्मेश्वर विद्यालयमा नयाँ भवनको शिलान्यास

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १३ मा रहेको धर्मेश्वर आधारभूत विद्यालयको नयाँ वन्ने भवनको शिलान्यास गरिएको छ । बिहीबार वर्षाका बिच जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले शिलान्यास गरेका हुन् ।

४ कोठे भवनका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाबाट प्राप्त ६७ लाख रुपैयाँ प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रुद्र सुवेदीले जानकारी दिए । धर्मेश्वर विद्यालय आधारभूत विद्यालयमा बढी विद्यार्थी संख्या भएको र नगरस्तरमा उत्कृष्ट नजिता ल्याउने विद्यालयमा पर्दछ ।

भवन शिलन्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले विकासको पूर्व सर्त शिक्षा रहेको बताए । सामुदायिक विद्यालय संरचना निर्माणमा सरकारले पर्याप्त लगानी गरेको भन्दै जिसस प्रमुख डल्लाकोटीले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद महतोको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खैरहनी १३ का वडाध्यक्ष वालकुमार उप्रेती, नगरपालिका सामाजिक विकास समिति संयोजक एवंम् खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भुमिलाल सुवेदी, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका निमित्त प्रमुख हेमचन्द्र पौडेल, विद्यालयका संस्थापक श्यामप्रसाद बराकोटीले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुवेदीका अनुसार हाल सो विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ । वि.सं. २०४५ सालमा स्थापना भएको सो विद्यालयमा यो वर्ष २ सय २५ जना विद्यार्थी भर्ना भईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =