निर्मला हत्याकाण्डः एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा मुद्दा खेपिरहेका एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले बिहीबार एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेहरूमा एसपी दिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी रहेका छन् । निर्मलाको बलात्कार तथा हत्या आरोपमा दीलिपसिंह विष्टलाई अनावश्यक यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र उनका दाजु खडकसिंह विष्टले उनीहरुविरुद्ध मुद्दा दायर गरेका थिए ।

निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =