मध्यवर्तीको अध्यक्षमा ढुंगाना सर्बसम्मत निर्बाचित

चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित भएका छन । बुधबार कसरामा भएको निर्वाचनबाट उनि अध्यक्ष निर्वाचित भएका हुन । युवा नेता ढुङ्गाना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका सचिवालय सदस्य समेत हुन ।

व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति आबद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष सोतह व्यवस्थापन समितिमा पदेन सदस्य रहने व्यवस्था रहेको छ । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ ।

ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि थिए । तीन प्रदेश, चार जिल्ला र १२ पालिकाको ७ सय २९ बर्गकिलोमिटर क्षेत्र चितवन निकुञ्जको मध्यवर्तीमा पर्छ । अध्यक्षमा निर्वाचित ढुङ्गानाले मानव वन्यजन्तुको बीचको द्वन्द्व न्यूनिकरणमा प्राथमिकताका साथ काम गर्ने बताए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संरक्षण, सामुदायीक विकास, आयआर्जन र संरक्षण शिक्षामा लगायतका काम गर्दछ । निकुञ्जको आम्दानीको पचास प्रतिशत मध्यवर्ती क्षेत्र व्यवस्थापनमा खर्च गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =