अवैध लागु औषधसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानरपालिका-१२ गण्डक चोकबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विश्रामपुर गा.पा.वडा नं.५ इटियाही बस्ने बर्ष १९ को शेख अजाद रहेका छन् ।

अजादको साथबाट लागु औषध नुर्फिन २ सय एम्पुल फेनारगन २ सय एम्पुल र डाइजेपाम २ सय एम्पुल गरी कुल ६०० एम्पुल फेला परेको छ । उनलाई नियन्त्रणमा लिई लागुऔषध ऐन अनुसार आवश्यक अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =