१४ लाख नगदसहित चार जुवाडे पक्राउ
२०७७ साउन १४ गते

प्रतिकात्मक तस्वीर
सोलुखुम्बु । सोलुखुम्बुको सोताङबाट १४ लाख रुपैयाँभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो।सोताङ गाउँ
पालिका-५ शिवटार बजारनजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ।
२०७७ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








