चन्द्रागिरीका तीन घर पहिरोको जोखिममा, परिवारलाई स्थान्तरण

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १३ मा तीन घर पहिरोले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ ।

चन्द्रागिरी १३ सेरे खोल्सा बोगटी गाउँमा रहेको घर मुनि पहिरोले घर जोखिम बढाए पछि तीन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

नेपाली सेनाको युद्ध कवच गण सितापाईलाबाट उप सेनानी प्रशान्त बिक्रम थापाको नेतृत्वमा गएको २० जनाको टोलीले उनिहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

चन्द्रागिरी नगरपालिकाले तीन घरका व्यक्तिलाई अस्थायी रूपमा प्रदान गरिएको पालमा व्यस्थापन गरिएको नगरपालिकाका प्रबक्ता हरिभक्त महर्जनले बताए ।

पहिरोका कारण सीता रिजाल, पुष्प राज गिरी, तेज कुमारी पौडेलको घर उच्च जोखिममा रहेको प्रबक्ता महर्जनको भनाइ छ ।

नेपाली सेनाको युद्ध कवच गणका टोलीले तीनै घरमा रहेको सामग्री झिकि सुरक्षित स्थानमा पाल टागेर राखिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =