सुदूरपश्चिमका २८१९ संक्रमित निको भएर घर फर्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा रहेका कुल संक्रमितमध्ये २८ सयभन्दा बढी निको भएर घर फर्किएका छन् । विभिन्न अस्पताल र स्थानीय तहले निर्माण गरेका आइसोलेसनबाट २ हजार २८ सय १९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

सोमबार मात्रै थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । उनकाअनुसार कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको हो । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको हो । बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या ४ हजार दुई सय ४७ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *