अवैध लागू औषधसहित दुई बंगलादेशी प्रहरी नियन्त्रणमा

काठमाडौं । अवैध लागू औषधसहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बगंलादेश ढाका ठेगाना भएका २६ वर्षीय ओबैदुल्लाह सजल र २६ वर्षीय महामद बाबुल स्लाम रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ वहती पोखरीस्थित सडकबाट नियन्त्रित लागू औषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँसहित २ जनालाई बुधबार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हाे ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा प्रदेश नम्बर ३-०२००१ प ५२२९ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =