स्वास्थ्यमन्त्री ढकालको टिप्पणीः ‘सरकारले गरेको काम नदेख्नेलाई मोतिविन्दु लागेको हुनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार (आज) वीर अस्पतालको १३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेका मन्त्री ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका हुन् ।

उनले शक्ति सम्पन्न राष्ट्रहरुलेभन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नदेखेको बताए । सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सीमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न नसक्ने उनकाे तर्क छ।  उनले सम्बोधनका क्रममा भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

यस्तै उनले कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढीरहेको अवस्थामा नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =