ट्रकको ठक्करबाट युवतीको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बौनियामा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको छ । बौनियामा आज बिहान ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको छ ।

स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएका छन् । बौनियामा बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो ।

उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन् । ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफन्तले शव उठाउन समेत मानेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *