वडाध्यक्षमाथि कुटपिट गर्ने छ जना पक्राउ
२०७७ साउन ११ गते

कञ्चनपुर । प्रहरीले वडाअध्यक्षमाथि कुटपिट गर्ने ६ जनालाई पक्राऊ गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कुटपिट शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना, विनोद ठगुन्ना, बसन्त ठगुन्ना, मानसिँह ठगुन्ना, नविन ठगुन्ना र आनन्द ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ।
कुटपिटको नेतृत्व गरेका नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाले भने छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको बताएका छन् ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७७ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








