एमसीसीबारे अमेरिकाको चासो–सोध्यो, ‘के हुँदैछ ?’

काठमाडौं । अमेरिकाले एमसीसीबारेको नेपालको प्रगतिबारे सोधेको छ ।

अमेरिकाले नेपालका लागि प्रस्तावित मिलेनियम च्यालेञ्ज कर्पोरेशनका विषयमा नेपाल सरकारको प्रगतिबारे चासो व्यक्त गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आइतबार उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा एमसीसीका सम्बन्धमा के भईरहेको छ ? भनी सोधेको भेटमा संलग्न रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

संसदको गत बजेट अधिवेशनबाटै पारित गरिसक्नुपर्ने भएपनि एमसीसी पारित नभएकोबारे राजदूत बेरीको जिज्ञासा थियो ।

जवाफमा मन्त्री पोखरेलले सरकारले एमसीसीका विषयमा गम्भीर छलफल गरिरहेकाले केही समय लाग्नुलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *