कंकाली बनमा लायन्स क्लबले रोप्यो चिउरिको बिरुवा

चितवन । चितवनको पहिलो सामुदायिक बन कंकाली सामुदायिक बनमा चिउरीको बिरुवा रोपिएको छ ।
लायन्स क्लब अफ चितवन इस्ट ग्रिन ,लियो क्लब अफ चितवन इस्ट र कंकाली सामुदायिक बनको सयुत्त आयोजनामा आइतबार आज चिउरीको बिरुवा बृक्षारोपण गरिएको हो ।
मौरिपालन ब्यबसायलाइ मध्यनजर गर्दै बनको खाली जग्गामा चिउरीको बिरुवा रोपिएको लायन्स क्लब अफ चितवन इस्ट ग्रिनकि अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन् । खाली जग्गामा रहेको झाडी फाँडेर बिरुवा लगाइएको थियो । सो वनमा करिब ३ हजार वटा विरुवा रोपिने क्लबकी अध्यक्ष घिमिरेले बताइन् । सो संख्याको बिरुवा एक साताभित्र रोपिने छ ।
रोपिएको विरुवा इस्ट ग्रिन र कंकाली सामुदायिक बनले संरक्षण गर्ने क्लबका अध्यक्ष घिमिरेले बताइन् । लायन्स क्लबका जोन चियर किरण बुर्लाकोटी, लायन्स क्लब अफ चितवन इस्टका अध्यक्ष भिम बहादुर पाण्डे, लियो क्लब अफ चितवन इस्टका अध्यक्ष सागर अधिकारी, वनका वरिष्ठ उपाध्यक्ष युवराज थापा मगर, वनका कोषाध्यक्ष कृष्ण बस्नेत लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । यसअघि साउन १ गते लायन्स क्लब र लियो क्लबले खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि वृक्षारोपण गरेको थियो ।








