गोरु काटेको अभियोगमा एक जना पक्राउ
२०७७ साउन ११ गते

प्रतिकात्मक तस्वीर
मोरङ । गोरु काटेको अभियोगमा माेरङका एक जना पक्राउ परेका छन् ।
सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हाे ।
दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








