विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५९ लाख नाघ्यो

एजेन्सी । शनिवारसम्म विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५९ लाख ७१ हजार ४७ जना पुगेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर छ लाख ४३ हजार ४१२ जनको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शनिवार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ६४ हजार ५९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५५ लाख ६३ हजार ३४४ जना कोरोना संक्रमितकोे हाल उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गत सन् २०१९ को डिसेम्बर अन्त्यदेखि चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

यस्तै दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ५९ हजार ७३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार १२४ को मृत्यु भएको छ । एसिया ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख १४ हजार १६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार ६४७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *